भदौ २७, २०७९ सोमबार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा  अध्यक्ष गोल्छाले लामो समयदेखि अर्थतन्त्रमा समस्या आइरहेको बताएका हुन् । उनले अहिलेको अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किन केही महिना लाग्नसक्ने बताए ।  उनले उद्योग व्यवसायहरू फस्टाएमात्रै विज्ञापन व्यवसाय बढ्ने बताए । उनले अर्थतन्त्र संकूूचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकूचनमा पर्ने बताए । 

अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले कोभिडका कारण विज्ञापन बजार पनि सोचेको जस्तो विस्तार हुन नसकेको बताए । 

अध्यक्ष गोल्छाले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताए । उनले नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको बताए ।