काठमाण्डौ। टियु मैदान किर्तिपुरमा आगामी ४ गतेबाट सुरु हुन गईरहेको त्रिदेशीय(नेपाल,मलेसिया र नेदरल्याण्ड) टिट्वान्टी क्रिकेट शृखंलाको खेल समय परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्राविधिक कारणले गर्दा खेलको तालिका परिवर्तन भएको हो ।
क्यानका अनुसार नेपालले खेल्ने खेलको समय परिवर्तन गरिएको हो । यसअघि नेपालले खेल्ने खेलको समय दिउँसो २ :१५ देखि हुने भनिएता पनि खेल समय १ :१५ बजे सारिएको छ । नेपाल मलेसिया र नेदरल्याण्ड्स सम्मिलित प्रतियोगिता बैशाख ४ गते बाट सुरु भएर बैशाख ११ गते फाइनल खेल हुने छ ।
प्रतियोगिताका लागि नेदरल्याण्डको टिम काठमाडौं आईपुगेमा मलेसिया पनि आजै आइपुग्ने कार्यक्रम रहेको छ ।
परिवर्तित खेल तालिका यसप्रकार छ
