बाढीको चपेटामा परेको पाकिस्तानलाई सरकारले सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो ।
सरकारले पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ । सरकारले उक्त विपद्मा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।