एजेन्सी / युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज क्वाटरफाइनल अन्तर्गको दोस्रो लेगमा साविको विजेता बायर्न म्युनिखले साविको उपविजेता पेरिस सेन्टर जर्मन पिएसजीको सामना गदैछ ।
नेपाली समयअनुसार यी दुई टोलीबिचको आज राति १२ः४५ बजे सुरु हुनेछ । उक्त खेल पिएसजीको मैदानमा हुनेछ । यस अघि बायर्नको मैदानमा भएको खेलमा पिएसजी ३–२ गोल अन्तरले विजयी भएको थियो । त्यसैले आजको खेल निर्णयक बन्ने छ ।
घरेलु टोली पिएसजी सहज जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न योजनाको साथ मैदान उत्रिनेछ , त्यस्तै यता पाहुना टोली बायर्न आजको खेलमा पुनरागमन गदै अघिल्लो चरण प्रवेश गर्न योनमा रहेको छ ।
यता अर्को खेलमा चेल्सीले पोर्टोको सामना गर्नछ । उक्त खेल चेल्सीको मैदानमा हुने , यस अघि पहिलो लेगमा चेल्सी २–० गोलले विजयी भएको थियो ।