नेपालले साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ३–० गोलको अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएरको खेलको १० औं मिनेटमा रश्मीले गोल गर्दै नेपाले अग्रता लिएको थियो ।
उनले हिराकुमारी भुजेलको पासमा गोल गरेकी हुन् । त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी छन् । उनले पुनम जर्घामगरको पासमा गोल गरेकी हुन् । नेपालले १७ औं मिनेटमा अमृताले गोल गर्दै नेपालको अग्रता ३–० को बनाएकी छन् । नेपाल आजको खेलमा सहज जित निकाल्दै समूह विजेता भएर फाइनलमा पुग्ने योजनामा छ ।