भदौ २८, २०७९ मंगलबार

भारतले चामल निर्यातमा कडाइ गर्दै छ भन्ने संकेत पाएपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि नै चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढाएका छन् । भदौ लागेपछि चामलको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बृद्धि भएको किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार चामलको मूल्य बढाउन चलखेल सुरू भइसकेको बताउँछन् । भारतले निर्यात कर बढाउने निर्णय गरेसँगै नेपालका थोक बिक्रेताले मूल्य बढाउन सुरू गरेको उनको भनाइ छ । नेपालमा सिमित संख्यामा रहेका थोक व्यापारीले मूल्य बढाउन थालेको र सोही अनुसारको बिल खुद्रा व्यापारीलाई पठाउन सुरु गरिएको उनले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता भने भारतले २० प्रतिशत कर बढाएपछि सोही अनुपातमा मूल्य बढ्ने बताउँछन् ।