काठमाण्डौ। गत बर्षको सुरुवातमा अन्य खेलले जस्तै नेपाली भलिबल पनि कोरोनाको कहरमा रहन पुग्यो । नेपालमा कोरोनाका कारण नेपाली समर्थकको मनबाट भलिबल विलिप हुन भने अवश्य नै सकेन कोरोनाको कहर केही रपमा साम्य हुदै गए पनि खेलाडी अनि आम समर्थकलाई आवश्यक भलिबल कोर्टमा खेलाडी खेलेको देख्न लामो समयसम्म कुर्नु पर्यो । गत माघको महिनामा पोखरामा सम्पन्न टाईगर कप भलिबलको वास्तविक आवश्यकता देखाउन केही रुपमा सफल रह्यो ।
त्यो सुरुवात पश्चात नेपाली घरेलु भलिबलमा प्रतियोगिताहरुको लहर नै छायो भन्दा पनि फरक नपर्ला ।प्रतियोगिताहरुमा नेपाल भलिबल संघको नियमन नरहदाँ निरन्तरको प्रतियोगिताले खेलाडीहरु चोटग्रस्त हुने सम्भावनाका कारण यस तर्फ संघको ध्यान यस बर्ष पनि जान सकेन।
यसै बिचमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीको एशियन च्याम्पियनसिपमा सहभागिता रहने जानकारीलै केही आशाका संकेत देखिए पनि भलिबलका हरेक क्षेत्रमा राजनीतीलाई प्रोत्साहन गर्न संघ नै लागि पर्ने जसतो व्यवहारले २०७७ सालमा पनि निरन्तरता देखियो ।