भदौ २८, २०७९ मंगलबार

चिनियाँ पाहुनाको भ्रमणका कारण आज पनि काठमाडौँमा सवारी आवागमन प्रभावित हुने भएको छ। काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाए अनुसार आज मंगलबार यी क्षेत्रमा यति बजे सवारी आवागमन प्रभावित हुनेछन् ।


बिहान पौने ९  बजेको आसपासमाः रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल,  माइतीघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा ।

त्यस्तै साढे ११ बजेको आसपासमाः तिनकुने,  नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन  प्रभावित हुने । 
दिउँसो साढे ३ बजेः रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली,  पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने । 

दिउँसो साढे ४  बजेको आसपासमाः पद्मोदयमोड,  भद्रकाली,  सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने ।