काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथाकर्जा सुरक्षण कोषबीच कृषिकर्जा कार्यक्रमअन्तर्गगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ ।
यस सम्झौताअनुसार बैंकले कृषिकर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका ३ करोड रुपौयाँसम्मको कृषिकर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । यस सम्झौतापश्चात कृषिकर्जा प्रवाहको जोखिम थप न्युनिकरण भइ कर्जा प्रवाहमावृद्धि हुने बैकले अपेक्षा गरेको छ ।
उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंककोतर्फबाट उप(महाप्रवन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरे ।
उक्त कार्यक्रममा कोषको प्रमुख कार्यकारी अधिकृत श्री रमेश घिमिरे, श्री विष्णुमणी अधिकारी, सेञ्चुरी कमर्सियल बैंकका कृषि तथा विपन्नकर्जा विभाग प्रमुख प्रविनकुमार दाहाल तथा बजारिकरण विभागका गणेश सुवेदीको उपस्थित रहेको थियो ।