नेपलीज क्यानेडियन क्रिकेट क्लब (एनसीसी) ले ऐतिहासिक द्विपक्षीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई क्यानडा ल्याउने भएको छ । क्लवले “नेपालको क्यानडा भ्रमण” बारे सार्वजनिक प्रतिवेदन कार्यक्रम पनि सम्पन्न गरेको छ।
कार्यक्रमका संयोजक विनोद गुप्ताले सुरुवाती दिनदेखि सहयोग गर्नेहरूलाई धन्यवाद दिए । कार्यक्रममा बोल्दै क्लवका सदस्य रंजना कार्कीले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबै प्रयोजक, संस्था ,मिडियाहरूलाई धन्यवाद दिइन् ।
वर्चुअल माध्यमबाट भएको कार्यक्रमको सञ्चालन नेपलीज क्यानेडियन क्रिकेट क्लवका सचिव विनय यादवले गरेका थिए ।