काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हालेका नवनियुक्त कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले किरणको कप्तानीमा ३२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोली आगामी मे १७ बाट प्रशिक्षण थाल्ने छन् ।
फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपालले बन्द प्रशिक्षण गर्न लागेको हो ।नेपालले अब ३ खेल घरेेलुु मैैैैदानमा खेल्न बाँकी रहेको छ ।नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
राष्ट्रिय टोलीको प्रारम्भिक छनौटमा प्रकाश बुढाथोकी पनि फर्किएका छन् । बुढाथोकीले भर्खरै सम्पन्न भारतको आइ लिगमा नेरोकाबाट खेलेका थिए । त्यस्तै थ्री नेशन्स कपमा पर्न असफल भएका सन्तोष तामाङ र नवयुग श्रेष्ठ पनि प्रारम्भिक टोलीमा परेका छन् ।
त्यस्तै टोलीको कप्तानीको जिम्मेवारी भने गोलरक्षक किरण चेम्जोङलाई नै दिइएको छ । ३२ सदस्यीय प्रारम्भिक टोलीमा थ्री नेशन्स कप खेलेका खेलाडीको वर्चस्व रहेको छ ।
यस्तो छ नेपालको ३२ सदस्यीय प्रारम्भिक टोली
गोलरक्षक - किरण चेम्जोङ, (कप्तान), बिकेश कुथु, दिप कार्की, बिशाल सुनार
डिफेन्स - रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, बिकास खवास
मिडफिल्डर - त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक बिष्ट, सन्जोग राई, बिशाल राई, सुनिल बल, सेसेहाङ आङदेम्बे, रविशंकर पासवान, सन्तोष तामाङ, बिबेक बस्नेत, प्रकाश बुढाथोकी, सयन्शु भुषाल, अन्जन बिष्ट, सुमन लामा,
फरवार्ड - भरत खवास , अभिषेक रिजाल, दर्शन गुरुङ , नवयुग श्रेष्ठ