भदौ २८, २०७९ मंगलबार

काठमाडौँ – नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनी ‘सिएटद्वारा प्रायोजित नाडा इभिएक्स्पो २०२२’ आयोजना गरिने भएको छ ।

काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागि भएको छ भने युएसएआइडी क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सञ्चालन गर्ने भएको छ ।

नाडा इभि एक्स्पो समिति सभापति अनुपकुमार बरालका अनुसार एक्स्पोको शीर्ष प्रायोजक (टाइटल स्पोन्स) सिएट टायर रहेको छ भने, सह-प्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती डिजिटल पेमेन्ट रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

बर्तमान समयमा विद्युतिय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढदै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गइ देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ ।

वातावरण मैत्रीविद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गर्न लागि इएका सिएटद्वारा प्रायोजित ‘नाडा इभिएक्स्पो २०२२’ मा ठूला तथा सानागरी ५१ वटा स्टल र ब्लकहरु रहने छन् ।

एक्स्पोमा ९ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट(पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिकातथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।

नेपालीमहान चाड-पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्घि गर्न एवं सम्बिन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नेमा आयोजक विश्वस्त रहेको छ ।

एक्स्पोलाई बढी जानकारी मूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, विक्रिपछिका सेवाएवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने एक्स्पो सम्वन्धी समाचार सम्प्रेषणमा सहजताकालागि छुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । एक्स्पोमा वारुण सुरक्षा एवं नियन्त्रणका लागि फाएर सेफ्टी सपोर्ट को रुपमा हिटको प्रालि रहेको छ ।

वातावरण एवं इभी सम्बन्धि व्यापक छलफल तथा सूचना प्रवाह गर्नकाला युएसएआइडी क्लिन एण्ड काउन्सेलिङले तीनदिन सम्म इभी चौतारी नामकगोष्ठी सन्चालन गर्ने भएको छ । आम सर्व साधारणलाई ट्राफिक नियमतथा सडक सुरक्षा सम्बन्धीव्यापक सुसूचित गराउने उदेश्यका साथमहानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौँको सुचना(कक्षसमेत प्रदर्शनीमा रहने छ ।

एक्स्पोलाई व्यवस्थितबनाउन, प्रदर्शनी स्थलमा भिड(भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजकै मितिदेखि खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

आज देखि असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती डिजिटल पेमेन्टद्वारा २५ प्रतिशत क्यासब्याकको अफर समेत रहेको छ ।

४ दिन सम्मचल्ने उक्त नाडा इभीएक्स्पोमा लगभग ४०,००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।