काठमाडौँ । बयानका क्रममा सर्वोच्च अदालतका निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम लिएका व्यक्तिलाई पनि महाभियोग सिफारिस समितिले बयानका लागि बोलाउने भएको छ । मंगलबार भएको सिफारिस समितिको बैठकमा यसबारे छलफल भएको हो । राणाले बयानका क्रममा नेपाल बारका पूर्व पदाधिकारीदेखि सत्ता गठबन्धनका सांसदसमेतका नाम लिएका थिए ।
मंगलबारको समितिको बैठकमा सडक जामको कारण देखाउँदै राणा उपस्थित भएका छैनन् ।