काठमाडौं : विराटनगरमा जारी छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज अन्तिम क्वाटरफाइनलको खेेल जारी छ ।
जसमा अघिल्लो साता मात्रै सम्पन्न १९औं आहा रारा गोल्डकपको उपाधि विजेता संकटा र उपविजेता अफ्रिकन रुट्सबीच रोमाञ्चक भिडन्त भइरहेको छ ।
विराटनगरस्थित सहिद रङ्गशालामा सम्पन्न पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुबै टोलीले केही राम्रो अवसर सिर्जना गरे ता पनि दुबै टोली बाट गोल भने हुन सकेको छैन ।