भदौ २८, २०७९ मंगलबार

काठमाडौँ । लामो समयदेखि मनोरञ्जन कर नतिर्ने कम्पनीहरूलाई काठमाडौँ महानगरले अल्टिमेटमसहित कर तिर्न पत्राचार गरेपछि ८४ लाख रुपैयाँ कर संकलन भएको छ । 


महानगरपालिकाका अनुसार भदौ १५ देखि २३ गतेसम्मको अवधिमा ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर संकलन भएको छ । जसमा ९ वटा कम्पनीले कर तिरेका छन् । महानगरपालिकाका अनुसार काठमाडौं फनपार्क, डेल्टीन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन हायात, माजोङ इन्टरटेनमेन्ट, बाल्को क्यासिनो, बेलिज क्यासिनो र रोयल क्यासिनोले मनोरञ्जन कर तिरेका हुन् । 


कसले कति कर तिरे सूची हेर्नुहोस्