काठमाडौँ । नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ। गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा उक्त पुरस्कार दिइएको हो ।
नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरूप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्त रूपमा रू एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिएको हो।
पुनलाई शिक्षा मन्त्री देवेन्द्र पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं बिबी फाउण्डेशनका अध्यक्ष भवन भट्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, स्वामी आनन्द अरूणलगायतले ‘भवन कीर्ति रत्न’ पुरस्कार हस्तान्तरण गरे।