काठमाडौँ । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक २१।३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचकसमेत ३.८३ अंकले बढेर ३७६.१७ बिन्दुमा पुगेको छ ।
यस दिन ९२ करोड २९ लाख ७४ हजार ४ सय १० रुपैयाँमा ३१ लाख ४६ हजार ९ सय ९६ कित्ता सेयर कारोबार भएको छ ।
यस दिन १७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।
यस दिन बोटलर्स नेपाल लिमिटेड, मैलुङखोला जलविद्युत्, युनिर्भल पावर लगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ ।
यस दिन १३ वटै कम्पनीका समूहगत सूचक समेत उकालो लागेका छन् ।