भदौ २८, २०७९ मंगलबार

काठमाण्डौ – नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा पाकिस्तानले सान्त्वना जित निकालेको छ । 

दशरथ रङ्गशालामा आज मङ्गलवार भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई सात–शून्य गोलले हरायो । पाकिस्तानकी नदीया खानले चार गोल गरिन् । यस्तै रमिन फारिद, खाडिजा काज्मी र अनमोल हिराले एक–एक गोल गरे । 

समूह ुएु मा रहेका दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । यो समूहबाट भारत र बङ्गलादेश अन्तिम चारमा पुगेका छन् । भारत र बङ्गलादेशबीच आजै बेलुका साढे ५ बजे खेल हुँदैछ । यो खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । 

समूह ुबीु बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।