चैत ३१, २०७७ मंगलबार

काठमाडौं : विराटनगरमा जारी छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न अन्तिम क्वाटरफाइनलको खेेलमा संकटा विजयी भएको  छ । 

विराटनगरस्थित सहिद रङ्गशालामा भएको खेलमा अफ्रिकन रुट्समाथि १-० गोलको जित निकाल्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

त्यस्तै दोस्रो हाफको खेलको ६२औं मिनेटमा संकटाका लागि गणेश हमालले गोल गरि खेलमा १-० गोलको अग्रता दिलाएका थिए । उनले ओडेह ग्लोरीको पासमा गोल गरेका हुन । त्यस्तै खेलकाे म्यान अफ द म्याच सङ्कटाका गोलरक्षक राजाबाबु थापा बने ।

उक्त जित सँगै संकटा सेमिफाइनल प्रवेश गरेको छ । अब संकटाले फाइनल प्रवेशिकाे लागि भारती पञ्जाब पुलिसको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टोली विराटनगर–११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग खेल्नेछ । यो खेल साँझ ७ बजेबाट विराटनगरस्थित सहिद रङ्गशालामा हुनेछ ।