बैशाख १, २०७८ बुधबार

एजेन्सी : युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविक उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) सेमिफाइनलमा प्रवेश गरेको छ । 

बुधबार बिहान सम्पन्न भएको क्वार्टरफाइनलको दोस्रो लेगमा साविक विजेता बायर्न म्युनिखसँग १–० गोलले पराजित भएपनि अवे गोलका आधारमा पिएसजीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

बायर्नलाई जिताउन इरिक म्याक्सिम चौपो–मोटिङले निर्णायक गोल गरे । उनले खेलको ४०औँ मिनेटमा गरेको गोल नै बायर्नको जितमा निर्णायक बन्यो । तर बायर्नलाई सेमिफाइनल प्रवेशको लागि प्रयाप्त भने भएन ।

पहिलो लेगमा ३–२ गोलको जित निकालेको पिएसजीले आफ्नो मैदानमा बायर्नसँग १–० गोलले हारेपछि खेल समग्रमा ३–३ नतिजासहित सकिएको थियो । तर अवे गोलका आधारमा उसले सेमिफाइनमा स्थान पक्का गरेको हो ।

दोस्रो लेगमा जित निकाले पनि साविक विजेता बायर्न अवे गोलका आधारमा पछि पर्दै च्याम्पियन्स लिगबाट