भदौ २९, २०७९ बुधबार

काठमाडौँ । महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने भएको छ । भारतले मंगलबार सम्पन्न खेलमा बङ्गलादेशसँग ३ . ० को हार बेहोरेसँगै समूह एमा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

नेपाल समूह ‘बी’को विजेता भएकाले अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएका छन् । नेपालले यसअघि समूह चरणका खेलमा भुटानलाई ४ . ० र श्रीलङ्कालाई ६ . ० गोल अन्तरले पराजित गरेको थियो ।

अब सेमिफाइनलका खेल आगामी शुक्रबार हुने छन् । शुक्रबार पहिलो सेमिफाइनल बङ्गलादेश र भुटानबीच अपराह्न १ बजेदेखि हुनेछ भने दोस्रो सेमिफाइनल साँझ साढे ५ बजेदेखि नेपाल र भारतबीच हुने छ ।