भदौ २९, २०७९ बुधबार

काठमाडौँ । श्रीलंकामा जारी साफ यू १७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदै छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दै छन् 


फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । भारतविरुद्ध मैदान उत्रिँदा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । नेपाल अपराजित रहँदै उपाधि उचाल्न चाहन्छ ।

तर, नेपाली टोलिलाई उपाधि उचाल्न सहज हुने छैन । साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ ।