भदौ २९, २०७९ बुधबार

काठमाडौं । वेस्ट इण्डिजमा जारी १० औं संस्करणको क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत त्रिनबागो नाइट राइडर्सविरुद्ध बार्बाडोस रोयल्स ८ विकेटले विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा नाइट राइडर्सले दिएको १ सय ३३ रनको लक्ष्य बार्बाडोसले १६ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

 

उसका लागि ओपनिङ ब्याटर कायल मेयर्सले आक्रामक ब्याटिङ गरे । ३६ बलको सामना गरेका उनले १० चौका र पाँच छक्काको मद्दतमा ७९ रन बनाए । त्यस्तै, अविजित रहेका कोर्बिन बोशले ३२ र क्विन्टन डिककले ११ रन जोडे । रहकीम कोर्नवाल भने एक रनमै आउट भए । नाइट राइडर्सका लागि डरिन डुपाभिलनले मात्र दुई विकेट लिन सके । त्यसअघि ओभलस्थित क्विन्स पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको नाइट राइडर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनायो ।

 

उसका लागि ओपनिङ गरेका निकोलस पूरनले अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले दुई छक्का र दुई चौकाको मद्दतमा ५२ रन बनाए । त्यस्तै, सुनिल नारायणले ३०, रवि रामपउल र टियोन वेबस्टरले ११/११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बार्बाडोसका लागि मुजीबउर रहमानले उत्कृष्ट बलिङ गरे । चार ओभरमा १७ रन दिएका उनले महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै, जेसन होल्डर, रहकीम कोर्नवाल र ओबेद म्याक्योले दुर्ई/दुई विकेट हात पारे ।

 

जारी सिजनमा बार्बाडोसको यो लगातार छैटौँ जित हो । ऊ १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । नाइट राइडर्सले भने पाँच म्याच खेल्दा एक खेलमा मात्र जित हात पार्न सकेको छ । उसले तीन खेलमा हार बेहोर्दा एक म्याचमा अंक बाँडेको छ । तीन अंक जोडेको राइडर्स तालिका