भदौ २९, २०७९ बुधबार

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोलीको सामना गर्दै छ । समूह ‘बी’ अन्तर्गतको खेल शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा खेल राति पौने १२ बजे सुरु हुनेछ ।

बहराइनविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जित निकाल्नु हुनेछ ।  यसअघि नेपालले भुटानसँग २–० र कतारसँग २–१ को पराजय बेहोरेको थियो । बहराइन पनि पहिलो जितको खोजीमा छ । उसले यसअघि बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

पहिलोपटक एएफसी यू–२० एसियन कपको नामले सञ्चालन भइरहेको भए पनि यसअघि यो प्रतियोगिता युथ च्याम्पियनसिप ९यू–१९० तथा यू–१९ च्याम्पियनसिपको नामबाट आयोजना हुने गरेको थियो । नेपाल र बहराइनले पछिल्लोपटक सन् २०१७ मा एसिसी यू–१९ च्याम्पियनसिपको छनोटमा एकअर्काको सामना गरेका थिए । जसमा बहराइनले नेपाललाई ४–० ले हराएको थियो ।