बैशाख १, २०७८ बुधबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग क्लब चेल्सी युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बुधबार बिहान सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग १–० गोलले पराजित भएपनि समग्रमा २–१ को नतिजासहित चेल्सीले अन्तिम ४ मा प्रवेश गरेको हो ।
यसअघि पहिलो लेगको खेलमा चेल्सीले पोर्टोमाथि २–० गोलको जित दर्ता गराएको थियो । गए राति स्पेनस्थित सेभिल्लाको मैदान रामोस सान्चेजमा पोर्टोलाई जिताउन मेहदी टारेमीले निर्णायक गोल गरे ।

उनले खेलको इन्ज्युरी समयमा गोल गरेका थिए । उनी च्याम्पियस लिगमा गोल गर्ने पहिलो इरानी खेलाडी पनि बने ।

चेल्सीमाथि जित निकाल्दा पनि अघिल्लो लेगमा हारेका कारण पोर्टो च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट नै बाहिरियो ।