काठमाडौं। आज इन्द्रजात्राको अन्तिम दिन। हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि (लिङ्गो) ठड्याएर सुरु हुने यस जात्राका क्रममा श्वेत भैरवको मुखबाट प्रसाद (जाँड) र समयबजी वितरण गरिन्छ।
केही वर्षयता महिलाहरूले एक दिन प्रसादका रूपमा जाँड र समयबजी खाने तथा रथ तान्ने काम गर्दै आएका छन्।
श्वेत भैरवको मुखबाट जाँडरक्सी खाँदा विभिन्न रोगहरू निको हुने जनविश्वाश छ।
बसन्तपुर दरबार क्षेत्रबाट जीवित देवी कुमारीसहित गणेश र भैरवको रथयात्रा गरेर यो जात्रा आठ दिनसम्म मनाइन्छ।