बैशाख १, २०७८ बुधबार

 

 

काठमाण्डौ।  आगामी शनिबारबाट नेदरल्याण्ड,मलेसिया र नेपाल सम्मिलित त्रिदेशिय टिट्वान्टी शृखंलाको लागि नेपाली टिमको घोषणा भएको छ। 

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषित टिमका उपकप्तानमा दिपेन्द्र सिंह ऐरी रहेका छन्। काठमाण्डौ स्थित टियु मैदानमा हुने सो खेल  ११ गतेसम्म हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने यस शृखंलाका शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।नेपाल र नेदरल्यान्ड्सबीचको खेल बैशाख ४ गते हुनेछ । 

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम