काठमाडौं : विराटनगरमा जारी छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट सेमिफाइनलका खेलहरु सुरु हुदैछ । आज हुने खेलमा आयोजना विराटनगर-११ ले सशस्त्र प्रहरी बलको एपिएफको सामना गर्नेछ ।
विराटनगरस्थित सहिद रङ्गशाला साँझ ७ बजेबाट सुरु हुने खेलमा आयो विराटनगर-११ घरेलु मैदानमा घरेलु दर्शका साथ पाहुना टोली एपिएफलाई हराउँदै फाइनल यात्रा तय गर्ने योजनाको साथ मैदान उत्रिने छ ।
त्यस्तै यता पाहुना टोली एपिएफ पनि घरेलु टोलीमाथि सहज जित निकाल्दै फाइनल पुग्ने दाउमा रहेको छ ।
यसअघि आयोजक विराटनगर-११ ले भारतको युनाइटेड फुटबल क्बल वेस्ट बङ्गाललाई ३–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियोे , भने एपिएफले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराउँदै विराटनगर-११ सँगको भेट् पक्का गरेको हो ।
प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्रफी तथा उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा विभिन्न ७ विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।
यस्तै हिजो सम्पन्न अन्तिम क्वाटरफाइनलको खेलमा अफ्रिकन रुट्सलाई १-० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको छ । अब संकटाले फाइनल प्रवेशको लागि भारती पञ्जाब पुलिसको सामना गर्नेछ ।