बैशाख १, २०७८ बुधबार

काठमाडौं : एएफसी कप  छनोट अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लबले दक्षिण एसियाली छनोट तर्फक‍ो प्ले अफ चरणको दोस्रो खेलमा आज भारतीय क्लब बैंगलुरु एफसीसँग भिड्दैछ ।

नेपाली समयअनुसार आज साँझ ७:४५ बजेबाट भारतको गोआस्थित जिएमसी रंगशालामा हुनेछ । त्यस्तै त्रिभुवन आर्मीको २७ सदस्यीय टोली उक्त प्रतियोगिताको लागि बुधबार नै गोवा पुगिसकेको छ । 

आर्मीले गत चैत २५ मा दशरथ रंगशालामा भएको प्ले अफको पहिलो चरणको खेलमा श्रीलंका पुलिस स्पोर्टस् क्लबमाथि ५–१ को शानदार जित निकालेको थियो । 

त्यस्तै आजको खेलमा पनि आर्मी उक्त नतिजा निकाल्न चाहन्छ । यदि आजको खेलमा आर्मी बैंगलुरुलाई हराउन सके अर्काे चरणको यात्रा तय  हुनेछ । तर, भारतीय राष्ट्रिय फुटबल टोलीको कप्तान समेत रहेको सुनिल क्षेत्रीको कप्तानीमा उत्रने बैंगलुरुविरुद्ध जित निकाल्न आर्मीलाई सहज हुनेछैन । आर्मीसँग पहिलो रोजाईका गोलरक्षक विकेश कुथु र कप्तान जर्जप्रिन्स कार्की टोलीमा हुने छैन ।