एजेन्सी : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा आज राति जारी सिजन २०२०/२१ अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस महाराथी रियल मड्रिड र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबीच रोमाञ्चक भिडन्त हुदैछ ।
नेपाली समयअनुसार यी दुई टोलीबीचको खेल आज राति १२:४५ बजेबाट लिभरपुलको मैदानमा सुरु हुनेछ । जसमा घरेलु टोली निकै दबाबमा रहेको छ । यस अघि पहिलो लेग रियलको मैदानमा सम्पन्न खेलमा रियल ३-१ गोल अन्तरले विजयी भएको थियो ।
त्यस्तै आजको खेलमा पनि घरेलु टोलीविरुद्ध त्यही नतिजा दोहोर्याउने योजनाको साथ रियल घरेलु टोलीविरुद्ध उत्रिने छ । तर घरेलु टोलि लिभरपुल विरुद्ध रियललाई सहज भने हुने छैन । घरेलु टोली लिभरपुल आजको खेलमा पुनरागमन गर्दै सेमिफाइनल प्रवेश गर्ने योजनाको साथ मैदान उत्रिने छ ।
आजको खेलमा रियललाई अघिल्लो चरण प्रवेशको लागि बराबरीमा नतिजा नै प्रयाप्त हुने छ, भने यता घरेलु टोलिलाई भने फराकिलो जितको आवश्यकता रहेको छ ।
हाल सम्म रियलले यस प्रतियोगिता सर्वाधिक १३ पटक जितेको छ । भने लिभरपुलले ६ पटक जितेको छ ।