काठमाडौँ । सर्वाेच्च अदालतका न्यायाधीशहरू संसदीय समितिमा उपस्थित नहुने भएका छन् ।
निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानका क्रममा ‘मुछेका’ बहालवाला न्यायाधीशसहित केही पूर्वप्रधानन्यायाधीश र वकिलहरूलाई संसदीय समितिले छलफलका लागि बोलाउने निर्णय गरेको थियो ।
तर सर्वोच्च अदालतमा बुधबार बसेको सम्पूर्ण न्यायाधीशहरूको फूलकोर्ट बैठकबाट संसदीय समितिमा कुनै पनि न्यायाधीश उपस्थित नहुने निर्णय भएको छ ।
अस्वस्थ रहेका प्रकाशमानसिंह राउतबाहेक सबै न्यायाधीशहरू फूल कोर्ट बैठकमा उपस्थित भएका थिए ।