बैशाख १, २०७८ बुधबार

काठमाडौं : एएफसी कप  छनोट अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लबले दक्षिण एसियाली छनोट तर्फक‍ो प्ले अफ चरणको दोस्रो खेलमा आज भारतीय क्लब बैंगलुरु एफसीसँगको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

नेपाली समयअनुसार आज साँझ ७:४५ बजेबाट भारतको गोआस्थित जिएमसी रंगशालामा सुरु भएको खेलमा पहिलो हाफ सकिएको छ । जसमा दुबै टोलीले गोल भने गर्न सकेका छैनन् । 

दुबै टोलीले गोलका लागि निकै प्रयास गरे ता पनि गोल भने गर्न सकेका छैनन् । 

आर्मीले गत चैत २५ मा दशरथ रंगशालामा भएको प्ले अफको पहिलो चरणको खेलमा श्रीलंका पुलिस स्पोर्टस् क्लबमाथि ५–१ को शानदार जित निकालेको थियो ।