भदौ २९, २०७९ बिहिबार

साफ यू-१७ च्याम्पियनसिपअन्तर्गत बुधबार श्रीलंकामा भएको फाइनल भिडन्तमा नेपाललाई भारतले ४-० गोलले पराजित गर्दै उपाधि जित्यो।

भारतका लागि बबी सिंहले १८ मिनेट, कोरोउ सिंहले ३० मिनेट,  गुइटेले ६३ र अमनले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।

यसअघि समूह चरणमा पनि नेपाल र भारत भिडेका थिए। सो खेलमा भने नेपालले भारतलाई ३-१ गोलले पराजित गरेको थियो।

साफको यो  प्रतिस्पर्धामा नेपाल फाइनलमा पराजित भएको चौथो पटक हो। 

सन् २०१३ को फाइनलमा नेपाललाई भारतले १-० गोलले हराएको थियो। नेपाल २०१७ र २०१९ को संस्करणमा पनि फाइनलमा पुगेको थियो। तर दुवैमा भारतसँग पराजित हुँदा उपाधि विमुख भयो। 

सन् २०१९ को फाइनलमा त नेपालले भारतसँग ७ गोल खाएको थियो।