बैशाख १, २०७८ बुधबार

काठमाडौं : विराटनगरमा जारी छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलको खेलमा घरेलु टोली विराटनगर-११ विरुद्ध सशस्त्र प्रहरी बलको एपिएफले १-० गोलको अग्रता बनाएको छ । 

विराटनगरस्थित सहिद रङ्गशालामा एपिएफका लागि जारी खेलको २७औं मिनेटमा सनिश श्रेष्ठले गोल गरि अग्रता दिलाएका थिए । त्यस्तै खेलमा दुबै टोलीले केही सुनौलो अवसरहरु पाए पनि थप गोल भने गर्न सकेनन् ।

यसअघि आयोजक विराटनगर-११ ले भारतको युनाइटेड फुटबल क्बल वेस्ट बङ्गाललाई ३–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियोे , भने एपिएफले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराउँदै विराटनगर-११ सँगको भेट् पक्का गरेको हो ।

प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्रफी तथा उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा विभिन्न ७ विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।