भदौ ३०, २०७९ बिहिबार

काठमाडौँ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विरोधका कार्यक्रम फिर्ता लिएको छ । देशभरका डिपोबाट पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएर आन्दोलनमा रहेको महासंघले नेपाल आयल निगमसँग तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेको हो ।


उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी र महासंघका पदाधिकारीहरूबीच बुधबार साँझ भएको छलफलमा ढुवानी भाडा समायोजनको विषय असोज ७ गतेभित्रमा सम्बोधन गरिसक्ने सरकारी प्रतिबद्धतापछि व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।