भदौ ३०, २०७९ बिहिबार

काठमाडौँ । अवैध रूपमा आयात भएका मोबाइलको प्रयोगमा आजदेखि प्रतिबन्ध लाग्ने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुने भएको भएको छ ।


विदेशबाट अवैध रूपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको हो ।


आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतः एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ । अब विदेशबाट किनेर वा उपहारका रूपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ ।