काठमाडौं : त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणको खेलमा भारतको बेंगलुरु एफसीसँग ५-० गोलको लज्जास्पद हार व्यहोरेको छ ।
गोवास्थित जीएमसी स्टेडियममा सम्पन्न खेलमा आर्मी बेंगलुरुसँग पहिलो गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा आर्मी सम्हालीन नस्कदा लज्जास्पद हार व्यहोर्न बाध्य भएको हो ।
त्यस्तै बेंगलुरुलाई जित दिलाउन राहुल भेके र सेलिटन सिल्भाले समान २/२ गोल गरे । यता कप्तान सुनिल क्षेत्रीले पनि एक गोल गरे ।
उक्त हारसँगै आर्मीको प्ले अफको फाइनल खेल्ने सपना सकिएको छ ।
आर्मीले गत चैत २५ मा दशरथ रंगशालामा भएको प्ले अफको पहिलो चरणको खेलमा श्रीलंका पुलिस स्पोर्टस् क्लबमाथि ५–१ को शानदार जित निकालेको थियो ।