भदौ ३०, २०७९ बिहिबार

काठमाडौं । एनआइसी एशिया बैंकले खातामा विश्वका विभिन्न देशबाट भिसा डाइरेक्टमार्फत् सोझै रकम पठाउन सकिने सेवा सुरुवात गरेको छ । भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै बैंकले नयाँ सेवा सुरुवात गरेको हो ।

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरबलगायत विश्वका सयभन्दा बढी देशबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् ।

यस सेवाअन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत् रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ ।

जसका लागि रकम पठाउने विदेशी तथा स्वदेशीले आफ्नो मोबाइलरइन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीमार्फत् बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्ने बैंकले जनाएको छ ।