भदौ ३०, २०७९ बिहिबार

काठमाडौँ । नेपाल टेलिकमले विशेष आयोजना विभागमा कार्यरत वरिष्ठ इन्जिनियर उमेश गुप्तालाई सेवाबाट हटाएको छ।


उनले २०७४ माघ ८ देखि २०७७ मंसिर २७ सम्म बेतलबी अध्ययन बिदा लिएका थिए। त्यसपछि उनी कार्यालयको काममा फर्केका थिए।


तर २०७८ फागुन ३ देखि उनी कार्यालयमा अनुपस्थित छन्। उनलाई गत साउन १३ मा टेलिकमले सूचना निकालेर सम्पर्कमा आउन भनेको थियो।

उनी सम्पर्कमा नआएकोले सेवाबाट हटाइएको टेलिकमले जनाएको छ। उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो।