काठमाडौं : विराटनगरमा जारी छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलको खेलमा घरेलु टोली विराटनगरलाई हराउँदै सशस्त्र प्रहरी बलको एपिएफ फाइनलमा प्रवेश गरेको छ ।
बुधबार विराटनगरस्थित सहिद रङ्गशालामा भएको पहिलो सेमिफाइनलको खेलमा घरेलु टोली विराटनगर–११ लाई ३–२ गोलले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।
एपिएफलाई जिताउन मणि लामा, सनिश श्रेष्ठ र रवि थिङले समान १/१ गोल गरे । त्यस्तै यता विराटनगरका प्रकाश बुढाथोकी र स्टेफन समीरले समान १/१ गोल गरे ।
खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसमा मणिले गोल गर्दै एपिएफलाई जिताए ।
पहिलो हाफ घरेलु टोलीविरुद्ध एपिएफले १-० गोलको अग्रता बनाएको छ । त्यस्तै खेलको स्टेफेन
समिरले खेलको ५३औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । त्यस्तै ६६औं मिनेटमा एपिएफका लागि रबिन थापाले गोल गरि २-१ गोलको अग्रता दिलाएका थिए । तर खेलको ६९औं मिनेटमा घरेलु टोलिका प्रकाश बुढाथोकीले गोल गरि २-२ गोलको बराबरीमा फर्काए ।
अब एपिएफले फाइनलका लागि सङ्कटा र पञ्जाब पुलिसबीचको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलअन्तर्गत सङ्कटा र पञ्जाब पुलिसले बिहीबार साँझ ७ बजे हुनेछ ।
प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्रफी तथा उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा विभिन्न ७ विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।