बैशाख २, २०७८ बिहिबार

एजेन्सी : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा  जारी सिजन २०२०/२१ अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस महाराथी रियल मड्रिड इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलसँग गोलरहित  बराबरीमा रोकिँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहिवार बिहान सम्पन्न खेलमा घरेलु टोली लिभरपुल सँग गोलरहित बराबरी खेल्दै समग्रमा ३-१ गोलको नतिजा निकाल्दै दुई बर्षा पछि पुनः च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

तुलनात्मक रुपमा रियलले भन्दा लिभरपुलले बलमा बढी पकड जमाए पनि गोल भने गर्न सकेन । लिभरपुल कुल १५ सट प्रहार गर्दा रियलले जम्मा ६ सट मात्रै प्रहार गरेको थियो ।  को 

हाल सम्म च्याम्पियन्स लिग इतिहासकै सर्वाधिक १३ पटक च्याम्पियन रियल १४औं पटक च्याम्पियन नजिक पुगेको छ । अब रियलले फाइनल प्रवेशको लागि अर्को इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ । 

त्यस्तै अर्को खेलमा जर्मन क्लब बोरुसीया डर्टमुडमाथि २-१ गोल जित निकाल्दै इंग्लिस क्लध सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । सिटी समग्रमा ४-२ गोलको जित निकालेको हो ।