काठमाडौँ । निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई दैनिक १ हजार २ सयका दरले भत्ता दिइने भएको छ । भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन अर्थमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ ।
प्रहरीले ७ दिनको भत्ता पाउँछन् । कार्यरत स्थानभन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक भ्रमण भत्ता दिने निर्णय गरिएको छ
आफू कार्यरत जिल्लाबाहिर खटिँदा १४ दिनको दैनिक भ्रमण भत्ता लिने सुरक्षाकर्मीले रासनबापतको रकम भने पाउँदैनन् । म्यादी प्रहरी र निर्वाचन खटिने सकल दर्जाले ४ दिन खाजा खर्च पाउँछन् । ४ दिनका लागि दैनिक ३ सयको दरले खाजा खर्च दिन अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ ।