भदौ ३०, २०७९ बिहिबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ सिमलफाँटामा भाले चित्तल मृत फेला परेको छ । बिहीवार बिहान सिमलफाँटास्थित खानेपानी टंकी नजिक चित्तल मृत फेला परेको सिनियर ग्यामस्काउट प्रदीप थापाले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको चित्तललाई कुकुरले लखेटेर मारेको हुन सक्ने थापाले जानकारी दिए । उनका अनुसार मृत चित्तलको मुचुल्का उठाएर हिरापुर पोष्टमा लैजाने तयारी भइरहेको छ ।