भदौ ३०, २०७९ बिहिबार

काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको प्रङ्गणमा डोजर लगाएर टुकुचा खोला उत्खनन् गरेको छ ।महानगरपालिकाका अतिक्रमित क्षेत्र हटाउने अभियान सञ्चालन गरेको महानगरको टोली आज ९बिहीबार० डोजर लिएर टुकुचा खोज्न निस्किएको थियो ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेट्टिएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

स्थानीयबासिन्दा र सम्पदा संरक्षणको क्षेत्रमा काम गर्दै आएकाहरुले टुकुचा खोला पुरेर घर बनाएको भन्दै टुकुचाको अतिक्रमण हटाउन माग गर्दै आएका थिए । बिहीवार काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा टुकुचा खोला १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो।

महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको जनाएको छ। नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब रहेको थियो। विगत लामो समयदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए।

टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो। गत साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।

महानगरले उक्त सूचना जारी गरेको लामो समय सम्म पनि कसैले नहटाएपछि महानगर आफैँ टुकुचा खोलाको खोजिमा जुटेको थियो। महानगरले टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ शुरु गर्दा काठमाडौंको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीवार डोजेर लिएर पुगेको थियो।