भदौ ३१, २०७९ शुक्रबार

काठमाडौँ । नेप्लिज क्रिकेट एसोसिएसन अफ अस्ट्रेलियाद्वारा आयोजित फिस्टेल होम नेप्लिज प्रीमियर लिगको पहिलो  संस्करणको फाइनलका लागि भाइब्रेन्ट बेग्नास स्टार र पिरान्हा शे फोक्सुन्डो स्ट्राइकर्स भिड्ने भएका छन् ।

४ टिमको सहभागिता रहेको यस प्रतियोगितामा भाइब्रेन्ट बेग्नास स्टारले ६ खेलमा ४ खेल जितेको छ भने पिरान्हा शे फोक्सुन्डो स्ट्राइकर्सले पनि ६ खेलमा ४ खेल जित्दै फाइनल खेलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

खेल सेप्टेम्बर १८ तारिकमा हुनेछ । त्यहाँको विमान पार्कमा बिहानको १०ः३० बजे खेल सुरु हुने आयोजक कमिटीका सदस्य सरोज श्रेष्ठले जानकारी दिएका छन् । अस्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई खेल हेरिदिन श्रेष्ठले अनुरोधसमेत गरेका छन्।

यस प्रतोयोगितामा भाइब्रेन्ट बेग्नास स्टार,  पिरान्हा शे फोक्सुन्डो स्ट्राइकर्स, रे प्रोप्रर्टिज गोक्यो हिरोज , मेरिट छो रोल्पा च्यालेन्जर गरी ४ टिमले सहभगिता जनाएका छन् ।