भदौ ३१, २०७९ शुक्रबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७.०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ गरी कुल १५.७८९५ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय बीमा समितिबाट स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।