भदौ ३१, २०७९ शुक्रबार

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको छ।

शुक्रबार आयोगले आफ्नो वेबसाइटमार्फत नमुना मतपत्र सार्वजनिक गरेको हो। आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ।


त्यसको लागि आयोगले समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको हो।

आयोगले प्रतिनिधि सभाको र प्रदेश सभाको छुट्टै सार्वजनिक गरेको हो। यस्तै सात वटा प्रदेशको पनि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरेको हो।


प्रतिनिधि सभाको नमुना मतपत्र