भदौ ३१, २०७९ शुक्रबार

नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका ट्रेजरी बिक्री गर्ने भएको हो ।  बैंकको सूचनाअनुसार आइतबार दिउँसो ३ बजे बोलकबोल हुने उक्त ट्रेजरी सोमबार बिक्री हुनेछ ।


सार्वजनिक बोलकबोलमार्फत बिक्री गरिने ट्रेजरीका लागि राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ छुट्याइएको छ ।  कुल ट्रेजरीमध्ये ८५ प्रतिशत आपसी प्रतिस्पर्धाबाट र बाँकी १५ प्रतिशत विनाप्रतिस्पर्धा बाँडफाँड गरिनेछ । यसअघि बैंकले गत मंगलबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।