काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय खेलकुदको रनिङ्ग ट्रफी सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमका बीच उक्त ट्रफी सार्वजनिक भएको हो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने तालिका छ । नवौँ खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।