निर्वाचन आयोगले मतदाताको नामावली वेबसाइटबाट सार्वजनिक गर्दै छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मत दिन पाउने भएका आयोगका सचिव गोकर्णमणी दुवाडीले बताएका छन् ।
चुनावमा १० हजार ८ सय ९१ मतदानस्थल रहनेछन्।
यस्तै २२ हजार २ सय २६ वटा मतदान केन्द्र कायम गरिएको उनले जानकारी दिए।
२०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए।
गत वैशाख ३० गते भएको स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए। चुनावपछि झण्डै तीन महिनाको अवधिमा दुई लाख ५४ हजार ८ सय ४७ मतदाता थपिएका छन्।